नियम ६४
सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना
: (१) ऐनको दफा १०१ को उपदफा (१) बमोजिम सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्दा विशिष्टीकृत सहकारी सङ्घको ढाँचामा गर्नु पर्नेछ ।
(२) बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाको आधार, सदस्यता, पुँजी संरचना, साङ्गठनिक ढाँचा लगायतका व्यवस्थाहरू नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम स्थापना हुने बचत तथा कर्जा सुरक्षण कोषमा बचत तथा क्रण संस्थाका साथै बचत तथा क्रणसमेतको कारोबार गरेका बहुउद्देश्यीय वा विषयगत संस्था समेत सदस्य बन्न सक्नेछन् ।
(४) बचत तथा कर्जा सुरक्षण कोषमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, राष्ट्रिय सहकारी महासङ्घ तथा नेपाल सरकारका अन्य निकायको समेत शेयर सहभागिता रहन सक्नेछ ।
(५) बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि न्यूनतम चुक्ता शेयर पूँजी साठी करोड रुपैयाँ हुनेछ तथा सोको कम्तीमा साठी प्रतिशत संस्थाहरूले जम्मा गरेको हुनु पर्नेछ ।